Saturday, January 18, 2025
Home > मुख्य समाचार > मन्त्री यादवले दूतावास र अदालतबाट पनि सेयर खरिद बिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी !

मन्त्री यादवले दूतावास र अदालतबाट पनि सेयर खरिद बिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी !

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिद बिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी भएको खुलासा भएको छ ।

उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले मन्त्री यादवको सो निर्देशन गैरकानुनी भएको स्विकार गर्नु भएको हो । आज संघीय संसदको प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री यादवले दिएको सो निर्देशन गैरकानुनी भएको दावी गर्दै खारेज गर्न पाउँ भनि दिएको उजुरीको विषयमा छलफल गर्ने क्रममा उद्योग सचिव खतिवडाले कम्पनी ऐनमा कहीँकतै उल्लेख नभएको विषयमा दिइएको निर्देशनलाई कानुनसम्मत भन्न नमिल्ने पनि प्रष्टयाउनु भयो । मन्त्री यादवले आफ्नो निजी सचिवालयमार्फत् गत असार २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयलाई सेयरको अभिलेख राख्ने व्यवस्था अदालत र राजदुताबासहरुमा पनि गर्न निर्देशनसहितको पत्र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाउनु भएको थियो । सो पत्र कानुन सम्मत नभएको दाबी गर्दै खारेज गर्न समितिमा उजुरी परेको थियो । उद्योग सचिव खतिवडाले सो निर्देशन कानुन सम्मत नभएपनि सुशासन ऐन सम्मत भएको भने स्पष्ट पार्नुभयो । त्यसैगरी कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार अर्यालले मन्त्री यादवले निर्देशन दिएपछि आफूहरुले त्यसलाई कार्यान्वयनका लागि सबै ठाउँमा परिपत्र गर्नु परेको स्पष्टिकरण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *