Saturday, January 18, 2025
Home > मुख्य समाचार > मन्त्रीहरूको काम कारबाहीबारे सांसदहरुद्धारा आलोचना

मन्त्रीहरूको काम कारबाहीबारे सांसदहरुद्धारा आलोचना

विराटनगर । प्रदेश १ को नेकपा संसदीय दलकोे बैठकमा मन्त्रीहरूको काम कारबाहीबारे सांसदहरुले तीव्र आलोचना गरेका छन् ।

सरकारले सदनमा प्रस्तुत गरेको वृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयकमाथि तीब्र आलोचना भएपछि एकमत बनाउने उद्देश्यले बसेको बैठकमा सांसदहरुले प्रदेश सरकारको काम कारबाहीबारे आलोचना गरेका हुन् । बैठकमा उपस्थित ५९ जना सांसदमध्ये ३३ जना सांसदहरुले आफ्ना धारणा प्रस्तुत गरेका थिए । बोल्ने अधिकांश सांसदहरुले सरकारको आलोचना गरेको र सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राई तथा अन्य मन्त्रालयका सबै मन्त्रीहरुले जवाफ दिएका थिए । सांसदहरुले सरकारी नियुक्तिमा जथाभावि गरेको, साना तिना योजनामा बजेट छरेको, मन्त्री बिहीन मन्त्रालयको काम सुस्त भएको लगायतका कुरा राखेका थिए । बैठकमा सांसदहरूले पार्टीले ८ हजार रुपैयाँ मासिक लेवि बुझाउन गरेको निर्देशनप्रति पनि असन्तुष्टि जनाएको नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

यस्तै बैठकमा वृहत विराट क्षेत्रबारे तराईका सांसदहरुले राजधानी छिन्नभिन्न पार्ने चलखेल त होइन भन्ने प्रश्न गरेका थिए भने पहाडी क्षेत्रका सांसदहरुले सरकारले तराईमा मात्रै बजेट केन्द्रीत गर्न खोजेको हो कि भन्ने आशंका गरेका थिए । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शेरधन राईले भने वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकबारे सांसदहरुलाई प्रष्ट्याउने काम भएको बताउनुभयो । .

Leave a Reply

Your email address will not be published. Required fields are marked *