Saturday, January 18, 2025
Home > खेलकुद समाचार > मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इनरुवामा औपचारिक उद्घाटन

मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इनरुवामा औपचारिक उद्घाटन

इनरुवा, २० पुष । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सुनसरी सदरमुकाम इनरुवा पुगेर प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । । इनरुवा खेल मैदानमा प्रतियोगिता संचालनकालागि निर्माण गरिएको क्रिकेट पिचमा नगर प्रमु्ख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गर्नु भएको हो । मोफसलकै ठुलो मानिएको राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकुद परिषद्का केन्द्रिय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारी लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिता अन्र्तगत पहिलो खेल भोलि नेपाल पुलिस क्लब र प्रदेश नम्वर २ बीच हुँदैछ । प्रतियोगिताकोे बिजेताले नगद ४ लाख १ हजार सहित शिल्ड पाउने छ भने उपबिजेता टोली २ लाख १ हजार रासी प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनल पुग्ने २ टिमले समेत २५ हजारका दरले पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा तीन विभागिय सहित ७ वटै प्रदेश, आयोजक इनरुवा र भारतको सुपौल क्रिकेट क्लबले प्रतिष्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *