Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिँदै

मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिँदै

विराटनगर । मधेशी आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तले आयोगले मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिरहेको बताउनुभएको छ ।

आयोगद्वारा आज विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङ शाखामा आयोजित अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा बोल्दै उहांले स्थलगत तथ्य संकलनगर्न आयोगको टोली खटिएको बताउनुभयो । उहांले प्रदेश २ मा केहिदिन अघि तथ्य संकलन गरिसकिएको जानकारी दिनुहुंदै प्रदेश १ का विभिन्न स्थानमा ८ वटा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । अध्यक्ष दत्तले विभिन्न प्रदेशहरुमा मधेशी समुदायको समग्र स्थितिको अध्ययनगरि सो सम्बन्धमा गर्नुपर्ने नीतिगत,कानुनी र संस्थागत सुधारका बिषयमा नेपाल सरकार समक्ष सिफारिस गरिने बताउनुभयो । उहांले मधेशी समुदायको अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाकाविरुद्ध उजुरी संकलन गरी सो उपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने लगायतका अधिकार आयोगसंग रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *