Saturday, January 18, 2025
Home > खेलकुद समाचार > मदन भण्डारी स्मृति गोल्डकप अन्र्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता माघ १२ गतेदेखि इटहरीमा हुने

मदन भण्डारी स्मृति गोल्डकप अन्र्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता माघ १२ गतेदेखि इटहरीमा हुने

३० पुष । मोफसलकै दोश्रो ठूलो पुरस्कार राशीको मदन भण्डारी स्मृति गोल्डकप अन्र्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोश्रो संस्करण माघ १२ गतेदेखि सुनसरीको इटहरीमा हुने भएको छ ।

आज प्रतियोगिताबारे जानकारी दिदैं आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले प्रतियोगिताको विजेता टोलीले उपाधिसंगै १६ लाख रुपैया हात पार्ने जनाएको छ । प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष संजीव ढुङ्गानाले बताउनुभयो । प्रतियोगितामा अन्र्तराष्ट्रियस्तरबाट अफ्रिकीमूलुक क्यामरुनको डिफेन्स फेमिली टोली, भारतको कोलकातास्थित जर्ज टेलिग्राफसंगै ए डिभिजन लिग बिजेता मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, थ्री स्टार, झापा ११, नेपाल पुलिस तथा आयोजक टोली राष्ट्रिय जागृति क्लब सहभागिता रहनेछन । अध्यक्ष ढुंङ्गानाका अनुसार १९ गते सम्पन्न हुने प्रतियोगिताका लागि ६५ लाख रुपैया खर्च हुने अनुमान छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले ३० लाख रुपैया, इटहरी उपमहानगरपालिकाले ५ लाख र अन्य ३० लाख रुपैया प्रायोजकबाट संकलन गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले ८ लाख रुपैया प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको पहिलो संस्करणमा थ्री स्टारले चिरप्रतिद्धन्दी मनाङ मस्र्याङदी क्लबलाई पराजित गर्दै उपाधिसँगै १२ लाख रुपैया हात पारेको थियो । मोफसलको पहिलो ठूलो प्रतियोगिता भने सुदूरपश्चिमको खप्तड गोल्डकप रहेको छ । जसको विजेता टोलीले २१ लाख रुपैया हात पार्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *