Saturday, January 18, 2025
Home > मुख्य समाचार > मकैमा अमेरिकन फौजी किराको आक्रमण, मुख्यबाली नै किराले सखाप पारेपछि किसान निराश

मकैमा अमेरिकन फौजी किराको आक्रमण, मुख्यबाली नै किराले सखाप पारेपछि किसान निराश

प्रदेश नम्बर १ को मुख्यबालीको रुपमा रहेको मकै अमेरिकन फौजी किराले सखाप पारेको छ । । फौजीकिराले मकै सखाप पारेपछि कृषक निराश भएका छन् ।

प्रदेश नम्बर १ को मुख्यबालीको रुपमा रहेको मकै अमेरीकन फौजी किराले सखाप पारेपछि कृषकहरु निराश भएका हुन् । व्यावसायिक मकै खेती गर्दै आएका सुनसरी दुहबीको वडा नम्बर १२ का कमल पौडेलले यसपाली १५ कठ्ठामा मकै खेती लगाएका छन् । उनले थप अरु मकै खेती लगाउने योजना बनाएका थिए । तर सुरुमा लगाएको १५ कठ्ठामा नै अमेरिकन फौजी किराले सखाप पारेपछि उनको योजना तुहिएको छ । सोही वडाका रञ्जनकुमार खतिवडाले २ विघामा लगाएको मकै खेती पनि अमेरिकन फौजी किराले खाएर नष्ट भएको छ । उनीहरु जस्तै अन्य किसानको पनि मकै खेती अमेरिकन फौजी किराले सखाप पारेको छ ।

ओखलढुङ्गामा पहिलोपटक देखा परेको फौजी किराको प्रकोप क्रमिक रुपमा तराइका सुनसरी, मोरङ र झापा जिल्लामा फैलीरहेको छ । अमेरीकन फौजी किरा मकैबालीमा लाग्ने रात्रीचर किरा हो । मुख्यतया मकै मन पराउने यस किराले अन्य बालीमा पनि क्षति पुर्याउँछ । उपयुक्त खानाको खोजीमा यो किराले एक रातमा एक सय किलोमिटर टाढासम्म उडेर जाने भएकाले बढी क्षति पुर्याउने बाली संरक्षण प्रयोगशाला विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादवको भनाइ छ । फौजी कीराको फैलावट गर्मी समयमा चाँडो हुने भएकाले तराईमा प्रकोप बढेको अधिकृत यादवले बताउनुभयो । मकै रोप्ने समयमा परिवर्तन गर्ने, एउटा क्षेत्रमा एकै पटक बिउ छर्ने, सन्तुलित मात्रामा रसायनिक मलको प्रयोग गर्ने, मिश्रीत खेती पद्धति अपनाउने र पासोबाली अपनाएर कीराको व्यवस्थापन गर्न सकिने यादवको भनाइ छ ।

आर्थिक वर्ष २०७५÷७६ मा एक नम्बर प्रदेशमा दुई लाख ७३ हजार दुई सय १८ हेक्टरमा मकै खेती गरि नौ लाख १७ हजार सात सय ५० मेट्रिक टन उत्पादन गरिएको थियो । गत वर्ष मकै खेती गरिएकै क्षेत्रफलको हाराहारी यो वर्ष पनि मकै खेती गरिएको प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *