Saturday, January 18, 2025
Home > मुख्य समाचार > मकालु समाचारको प्रभावले गुणस्तरीय सडक बन्दै

मकालु समाचारको प्रभावले गुणस्तरीय सडक बन्दै

सुनसरी, २८ पुष । सुनसरीको लौकही झुम्का सडक खण्डमा पप्पु कन्ट्रक्सनले गरेको काम गुणस्तरहीन र मापदण्ड विपरीत भएको समाचार प्रसारण भएपछि पप्पु कन्ट्रक्सनले सम्झौता बमोजिम काम गर्न सुरु गरेको छ ।

विगत ४ वर्ष अघि एडिबीसँग सम्झौता भएको सो सडक खण्डको काम गुणस्तरहीन र मापदण्ड विपरीत भएको समाचार मकालु टेलिभिजनमा प्रसारण भएपछि कम्पनीले पुन माटो राखेर फिलिङ गरी कालोपत्रे गर्न सुरु गरेको हो । ठेकेदार कम्पनीले पहिलो चरणमा बालुवाले फिलिङ गर्ने काम गरेकोे थियो तर बालुवा भरेर निर्माण गरिएको सडक गुणस्तरयुक्त नहुने भन्दै समाचार प्रशारण भएपछि स्थानियको विरोधका कारण निर्माणकार्य स्थगित भएको थियो । अहिले पुन बालुवा हटाई माटो हालेर सडक फिलिङ गर्ने काम सुरु भएको छ । समाचार प्रसारण भएपछि बराह नगरपालिका मेयर निलम खनालले समेत बालुवाले फिलिङ गरिएको काम स्तरिय नहुने भन्दै उक्त बालुवा हटाउन ठेकेदार कम्पनीलाई निर्देशन दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *