Saturday, January 18, 2025
Home > मुख्य समाचार > भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने कुलमान घिसिङको चेतावनी

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने कुलमान घिसिङको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए÷नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो । आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अरव बढि भ्रष्टाचार गरेको आरोप लगाएपछि उहाँले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिनुभएको हो । कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराउनुभयो । उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानवीन गरेर सत्यतथ्य बाहिर ल्याउन दुईवटा छानवीन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो । यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो । उहाँले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भनि गम्भिर प्रश्न पनि उठाउनुभयो । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टं«क लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *