Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोह भव्य बनाउन छलफल

‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोह भव्य बनाउन छलफल

सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय तहलाई आग्रह गरेको छ ।

दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै पालिकाहरुसँग छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यकाका भएकाले पनि नगरपालिकाहरुको ध्यान जानुपर्ने बताउनुभयो । त्यसका लागि नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सुचीमा परेका क्षेत्रलाई जोडने गरी साइकल लेन निर्माण गर्ने, सहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा ‘भ्याली बाई नाइट’को अवधारणालाई विकास गर्नुपर्ने बताउनुभयो । मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्नु पनि रहेको बताउनुभयो । छलफलमा नगरपालिकाका प्रमुखहरुले आफ्नो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्नका लागि गरेका विकासहरुको विषयमा जानकारी गराएका छन् । काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य मुख्य पर्यटकीय शहरहरुमा गई प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो । सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १का दिन भव्य समारोहबीच दशरथ रंगशालामा दिउसो ३ बजेदेखि गर्दैछ । त्यस्तै सबै प्रदेशका राजधानीमा समेत कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *