Saturday, January 18, 2025
Home > मुख्य समाचार > भारतीय विदेशमन्त्री नेपालमा

भारतीय विदेशमन्त्री नेपालमा

काठमाडौं । भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकर काठमाण्डौ आइपुग्नुभएको छ ।

काठमाडौंमा आज सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ १२ बजे काठमाडौं आउनुभएको हो । विदेशमन्त्री जयशंकरले आजै अपरान्ह काठमाडांैमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकमा भारत पक्षको नेतृत्व गर्नुहुनेछ । संयुक्त आयोगको बैठकमा सहभागी हुनु अगाडि उहाँले आजै २ बजे प्रधानामन्त्री संग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै उहाँ संयुक्त आयोगको बैठकमा सहभागी हुन होटल याक एण्ड यति आउनुहुनेछ । संयुक्त आयोगको बैठकमा आज नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार सांझ रात्रीभोजको आयोजना गर्नुभएको हो । उहाँले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसंग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । विदेशमन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *