Saturday, January 18, 2025
Home > मुख्य समाचार > आईफा अवार्डका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णयप्रति सत्तारुढ दलकै सांसदको आपत्ति

आईफा अवार्डका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णयप्रति सत्तारुढ दलकै सांसदको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क पनि गर्नु भयो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको पनि बताउनु भयो । सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाउनुभयो । उहाँले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्व बजेट दिन जायज नहुने पनि बताउनुभयो । नेता रावलले मन्त्रीपरिषद विस्तार गर्दा पार्टीको नीतिअनुसार गर्न पनि सरकारलाई सचेत गराउनुभयो । सरकार पार्टीको नीतिअनुसार चल्न नसकेको पनि नेता रावलको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *