Saturday, January 18, 2025
Home > खेलकुद समाचार > भारतीय क्रिकेटर युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतीय क्रिकेटर युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतीय ‘अलराउन्डर’ युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयास लिएका छन् ।

भारतलाई सन् २०११ को एकदिवसीय विश्वकप जिताउन अहं भूमिका खेलका युवराजले सोमबार सन्यासको घोषणा गरेका हुन् । सन् २०११ को विश्वकपमा ९ खेलमा ९०.५० को औसतमा ३ सय ६२ रन बनाउनुका साथै १५ विकेट लिएका युवराज ‘म्यान अफ दी सिरिज’ भएका थिए । उनले सन् २००७ को ट्वेन्टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डका स्टुवार्ड ब्रोडविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले एकदिवसीयमा १४ तथा टेस्टमा तीन गरी १७ अन्तर्राष्ट्रिय शतक बनाएका छन् । ३०४ एकदिवसीयमा ८ हजार ७०१ रन बनाएका युवराजले टेस्टका ६२ इनिङ्समा १ हजार ९ सय रन जोडेका थिए । सन्यासको घोषणा गर्दै युवराजले सन् २०११ को विश्वकप नै आफ्नो लागि सबैभन्दा ठूलो उपलब्धि भएको बताए । उनलाई सो विश्वकपकै दौरान क्यान्सर भएको पत्ता लागे पनि अष्ट्रेलियाविरुद्धको क्वार्टरफाइनलमा खेल्दै ५७ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *