Saturday, January 18, 2025
Home > मुख्य समाचार > भारतले पूर्वजानकारीविना पानी छोड्दा नेपालतर्फका ९० परिवार कोशीमा थुनिए

भारतले पूर्वजानकारीविना पानी छोड्दा नेपालतर्फका ९० परिवार कोशीमा थुनिए

सप्तरी । कोशीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी शुक्रवार साँझ एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि थुनिएका छन ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिनुभयो । साहका अनुसार वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्याइलट च्यानल खनिएको थियो उक्त च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्ने भएपनि भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’ आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको साहले जानकारी गराउनुभयो । स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ । यता कोसी योजनाबारे नेपाली र भारतबीच समन्वयको भूमिका खेल्ने सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बुले पनि आफूहरुलाई पनि जानकारी नदिइ भारतीय पक्षले पाइलट च्यानल खन्न थालिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *