Saturday, January 18, 2025
Home > आर्थिक समाचार > बैंकहरुले महंगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो

बैंकहरुले महंगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनुभएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि आज एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनुभएको हो । उहाँले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताउनुभयो । त्यसका लागि ठुलो आकारको बैंक हुँदा सहज हुने उहाँको भनाई थियो । उहाँले ठुलो बैंक भएपछि ठुलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले मर्जरपछि बैंकहरु ठुलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतिलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गर्नुभयो । ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ । ठूलो बैंकले अर्थतन्त्रमा विषेश महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पूँजी निर्माणकालागि बैंकका अन्य सूचकहरुमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *