Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > बेलायती प्रधानमन्त्री टरिजा मेले दिइन राजीनामा

बेलायती प्रधानमन्त्री टरिजा मेले दिइन राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री टरिजा मेले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो । प्रधानमन्त्री मे को राजीनामा आगामी जुन ७ बाट लागु हुनेछ । उहाँले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर नयाँ प्रधानमन्त्री नचुनुन्जेल उहाँ पदमै रहिरहनु हुनेछ । भावुक सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपियन युनियनबाट बेलायत छुट्टयाउनका लागि आफूले सक्दो प्रयास गरेको बताउनुभयो । अब बन्ने प्रधानमन्त्रीले पनि देश हितका लागि त्यो प्रयास जारी राख्ने उहाँको भनाइ छ । प्रधानमन्त्री मेले बे्रक्जिट प्रक्रियालाई टुंग्याउन नसक्दा आफुलाई निकै पश्चाताप भएको पनि बताउनुभयो । राजीनामा घोषणा गर्दै गर्दा उहाँको गला अवरुद्ध भएको थियो । बेलायती इतिहासमा आफु दोस्रो महिला प्रधानमन्त्री भए पनि यो नै अन्तिम नभएको मेले बताउनुभयो । प्रधानमन्त्रीको रुपमा काम गर्नु पाउनु जीवनकै गर्वको क्षण भएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *