Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > बेलबारीमा अत्यावश्यक कागजात विनै व्यवसाय संचालन गरिरहेको फेला

बेलबारीमा अत्यावश्यक कागजात विनै व्यवसाय संचालन गरिरहेको फेला

बेलबारी । मोरङको बेलबारीमा गरिएको बजार अनुगमनका क्रममा अधिकांशले अत्यावश्यक कागजात विनै व्यवसाय संचालन गरिरहेको फेला परेको छ ।

गुणस्तर तथा नापतौल विभाग विराटनगरबाट गएको टोली र नगरपालिकाको उपभोक्ता हकहित संरक्षण र बजार अनुगमन टोलीले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । अनुगमनका क्रममा अधिकांश पसलहरुले मूल्यसूची समेत नटाँसेको भेटिएको छ । नगरपालिकाले केही महिना अघि तामझामकासाथ कार्यक्रम नै गरेर बेलबारीलाई प्लाष्टिकमूक्त नगरप्रतिवन्ध घोषणा गरेको थियो । तर घोषणा भएको केही महिना वित्न नपाउँदै प्लाष्टिक झोलाहरु निर्वाध रुपमा प्रयोग हुने गरेको पाइएको छ । बजार अनुगमन नियमित रुपमा भईरहे पनि चाडवाडका आडमा हुनसक्ने अनियमिततालाई मध्यनजर गरेर विशेष रुपमा बजार अनुगमन गरिएको अनुगमनटोलीले जनाएको छ ।  यता व्यवसायीहरुले भने एक्कासी आएर कागजात देखाभन्दा आफूहरुले देखाउन नसकेको र कागजात देखाउन नसक्दा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरमा उपस्थित हुन भनिएको भन्दै गुनासो पोखेका छन । स्थानीयहरुले भने अनुगमनलाई उचित रुपमा लिएका छन् । उनीहरुले नियमित र व्यवस्थित रुपमा अनुगमन गरिनु पर्नेमा जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *