Saturday, January 18, 2025
Home > मुख्य समाचार > बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना

बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदहरुले नै बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन ।

सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको हो । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद एवम् पूर्व उर्जामन्त्री ज्ञवालीले सरकारले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको काम अहिलेसम्म पनि अघि बढाउन नसकेकोमा आपत्ति जनाउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो । त्यसैगरी सत्तारुढ दलकै सांसद त्रिपाठीले पनि जलविद्युत आयोजनाहरुको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । सरकारले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेकोमा पनि समितिका सदस्यहरुको असन्तुष्टि छ । समितिका सदस्य पाल्देन छेपाङ गुरुङले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेको भन्दै सरकारको आलोचना गर्नु भएको हो । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काम हालसम्म पनि अघि बढाउन नसकेपछि सत्तारुढ दलकै सांसदहरु सरकारविरुद्ध खनिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *