Saturday, January 18, 2025
Home > मुख्य समाचार > बालबालिकाका सवाललाई प्राथमिकतामा राख्न सके उनिहरुको समस्या समाधान हुन्छ

बालबालिकाका सवाललाई प्राथमिकतामा राख्न सके उनिहरुको समस्या समाधान हुन्छ

बालबालिकाका सवाललाई प्राथमिकता राखेर काम गर्न सके मात्र उनीहरुका समस्या समाधान गर्न सकिने आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

संयुक्त राष्ट्रिय संघ बाल अधिकारसम्बन्धी महासन्धिको ३० औं वार्षिकोत्सव तथा सिविन नेपालले ३२ आंै वार्षिकोत्सव एवं बाल अधिकार समारोहमा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बालबालिका आमाको पेटदेखि नै जोखिममा रहेको बताउनुभयो । गरीबका मात्र नभएर धनीका छोराछोरीहरु पनि विभिन्न प्रकारको कुलतमा फस्ने गरेकाले सबैको साथ र सहयोगले मात्र उनीहरुको भविष्य सुरक्षीत हुने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ ले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर यही हिउँदे अधिवेशनबाट विधेयक ल्याउने तयारीमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको संरक्षण र सम्बद्र्धनमा सिविनले महत्वपूर्ण भूमिका खेलको बताउँदै अझै प्रभावकारी रुपमा काम गर्न शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै रक्षा किशोरी समूह बुढीगंगा गाउँपालिकका २ का अध्यक्ष तथा बाल प्रतिनिधि सुस्मिता ऋषिदेवले बालबालिकाको क्षेत्रमा सिविन नेपालले महत्वपूर्ण कार्य गरेको बताउँदै बाल प्रतिभालाई अगाडि बढाउन भूमिका खेलेको बताउनुभयो । यस्तै कार्यक्रममा बालबालिकाको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएकाले जिल्ला प्रहरी कार्यालय र पूर्वाञ्चल बाल सेवा आश्रमलाई सम्मान गरेको थियो ।  कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलले अहिले पनि खुला सिमानाका कारण आपराधीक क्रियाकलापमा बालबालिकाको प्रयोग बढेको बताउनुभयो । यस्तै बालिकाहरु अहिले पनि जर्वजस्ती करणीमा पर्ने गरेको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले नेपालको संविधानमा बाल अधिकारको विषयमा स्पष्ट लेखे पनि कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय किर्तिपुरका प्राध्यापक तथा सिविन नेपालका कार्यसमिति गोविन्द सुवेदीले प्रदेश–१ को जनसंख्या ५० लाख रहेको र त्यसमा १८ बर्षभन्दा मुनिका बालबालिका २० लाख रहेको बताउनुभयो । उहाँले बालबालिकाको विषय विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिनुभयो । सिविन हेल्पलाइन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको सहभागीता थियो । यस्तै सिविनको ३२ बर्षको लोगो अनावरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *