Saturday, January 18, 2025
Home > मुख्य समाचार > बारुदजन्य विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा नाकामा पक्राउ

बारुदजन्य विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा नाकामा पक्राउ

झापा, ११ फागुन । भारतबाट नेपाल भित्राउन लागेको बारुदजन्य विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा नाकामा पक्राउ परेका छन् ।

म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ बर्षीय चिरन रोक्कालाई भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्ंयाकी नाकाबाट गएराति पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ बारुदजन्य विस्फोटक पदार्थ ल्याउन लागेको अवस्थामा रोक्कालाई विशेष सूचनाको आधारमा एसएसबी टोलीले पक्राउ गरेको हो । एसएसबीले रोक्काको साथबाट नियोगेल ९० र ३५५ नम्बर इलेक्ट्रोनिक्स डेटोनेटर बरामद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । घटना विवरण अनुसार विगत सात बर्षदेखि आसाम सिलङ्गको कोइला खानीमा काम गर्दै आइरहेका रोक्का गत चैत ५ गते नेपालबाट भारत गएका थिए । रोक्काले सो विस्फोटक पदार्थ म्यादीकै आरके विश्वकर्मालाई दिन लगेको एसएसबीको अनुसंन्धानबाट खुलेको छ ।विस्फोटक पदार्थसहित पक्राउ परेका रोक्कालाई आवश्यक कारवाहीका लागि एसएसबीले भारतस्थित खोडीबारी पुलिस थानालाई जिम्मा लगाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *