Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > बारा र पर्सामा भत्केका १४ सय ५३ वटा घर निर्माणको शिलान्यास

बारा र पर्सामा भत्केका १४ सय ५३ वटा घर निर्माणको शिलान्यास

बारा । गएको चैत १७ गते साँझ आएको भिषण आँधीहुरीका कारण बारा र पर्सामा भत्केका १४ सय ५३ वटा घर निर्माणको आज शिलान्यास गरिएको छ ।
संघीय सरकारका दुई उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपेन्द्र यादव अन्य आठ मन्त्री र २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज बारा र पर्साको आँधी प्रभावित क्षेत्रमा पूर्ण रुपमा क्षति भएका घरहरुको पुन ः निमार्णको शिलन्याश गर्नुभएको हो । नेपाली सेनाले निर्माण गर्ने उक्त आवासको फेंटा गाँउपालिकाको पुरैनियामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले र अर्का उप प्रधान एवंम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिरगंज महानगरपालिको चैनपुरमा शिलान्यास गर्नुभएको छ ।त्यस्तै प्रसौनी गाँउपालिका ४ मा गृहमन्त्री रामबहादुर थापाल,महागढीमाई नगरपालिका ७ मा भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्या कुमारी अर्यालले , सुवर्ण गाँउपालिकामा भौत्तिक पुर्वाधार तथा योजना मन्त्री रघुबीर महासेठ , पचरौता नगरपालिका ७ मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शिलान्यास गर्नुभएको छ । शिलन्यासका लागि उर्जा , जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, शहरी विकास मन्त्री इश्तियाक राई, महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापा , खानेपानी मन्त्री बीना मगरपनि बारा पुग्नु भएको छ । आँधी प्रभावित क्षेत्रमा पुन ः निमार्ण कै लागि झण्डै तीन हजार नेपाली सेना निर्माण क्षेत्रमा खटिसकेको नेपाली सेनाले जनाएको छ । बारा–पर्सा हुरी पीड्तिका लागि साउन १२ मा हस्तान्तरण गर्ने गरि सेनाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *