Saturday, January 18, 2025
Home > मुख्य समाचार > बाँसबारीमा बाटो मर्मत नगरेको भन्दै स्थानीयबासीले पूर्वपश्चिम राजमार्गमा चक्काजाम

बाँसबारीमा बाटो मर्मत नगरेको भन्दै स्थानीयबासीले पूर्वपश्चिम राजमार्गमा चक्काजाम

मोरङको सुन्दरहरैंचास्थित बाँसबारीमा बाटो मर्मत नगरेको भन्दै स्थानीयबासीले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।

ण्डै ६ महिना अघिदेखि बिग्रिएको बाटो मर्मत गर्न सरोकारवाला निकायले ध्यान नदिएपछि स्थानीयबासीले विरोध स्वरुप १५ मिनेट चक्काजाम गरेका हुन् । पूर्वपश्चिम राजमार्गको सो क्षेत्रमा करिव १ सय मिटर बाटो पूरै कच्ची अवस्थामा छ । जसका कारण दैनिक हजारौंको संख्यामा सवारी साधन आवत–जावत गर्दा धूलो उडेर हैरान भएको स्थानीयबासीको गुनासो छ । पटक–पटक बाटो बनाउन आग्रह गर्दा समेत सडक डिभिजनले वेवस्ता गरेकाले बध्य भएर चेतावनी स्वरुप चक्काजाम गर्नु परेको स्थानीयबासी इन्द्र श्रेष्ठको भनाइ छ ।

यता सडक डिभिजन कार्यालय विराटनगरले भने १५ दिन भित्र सडक मर्मत सुरु गर्ने जनाएको छ । पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा विग्रिएको सडक मर्मत गर्नका लागि आह्वान गरेको ठेक्काको भोलि आइतबार शिलबन्दी खोल्ने कार्यक्रम रहेकाले अब ठेकेदार छनौट भएर १५ दिन भित्रै मर्मतको काम सुरु हुने सडक डिभिजन कार्यालय विराटनगरका सव इञ्जिनियर राजेश यादवले जानकारी दिनुभयो । धूलोको समस्या समाधानका लागि भने तत्काल पानी लगाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । इटहरीदेखि मावा खोलासम्म करिव साढे ४ किलोमिटर सडक मर्मत गर्न ६ करोड ५० लाख र पुलहरु मर्मत गर्न २ करोड ५० लाखको ठेक्का लागइएको यादवले जानकारी दिनुभायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *