Saturday, January 18, 2025
Home > मुख्य समाचार > बाँसको चचरी पुल समेत भत्किएपछि कटहरी र जहदा गांउपालिकाका सर्वसाधरणलाई यस्तो सास्ती

बाँसको चचरी पुल समेत भत्किएपछि कटहरी र जहदा गांउपालिकाका सर्वसाधरणलाई यस्तो सास्ती

मोरङ । लोहन्द्रा खोलामा आएको बाढीले बाँसको चचरी पुल क्षतिग्रस्त भएपछि कटहरी र जहदा गांउपालिकाका सर्वसाधरणले सास्ती झेल्नुपरेको छ । निजी लगानीमा बनाइएको सो पुल भाँच्चिएपछि सर्वसाधारणले जोखिम मोलेर खोला तरिरहेका छन ।

अषाढको पहिलोसाता परेको बर्षाको पानीले लोहन्द्रा खोलामा बाढी आएपछि कटहरी र जहदा गांउपालिका जोड्ने बाँसको चचरी पुल क्षतिग्रस्त भएको हो । पुल पुर्णरुपमा भाँच्चिएपनि जहदाबाट कटहरी र कटहरीबाट जहदातर्फ जान यहाँका बासिन्दाले ज्यान जोखिममा राखेर भएपनि पुलको प्रयोग गर्दै आएका छन । यो उनिहरुको बाध्यता पनि हो । जहदाका कयौं स्थानियका खेतबारी कटहरीतर्फ कटहरीका किसानको खेतबारी जहदातर्फ भएकालेपनि उनिहरुले खेतबारीसम्म पुग्न यो क्षतिग्रस्त पुल प्रयोग गर्नुपरिरहेको छ । यहाँका किसानकासाथै विद्यार्थीहरुले समेत यहि पुल तरेर कटहरी तथा विराटनगरका विद्यालयतर्फ जानुपर्ने बाध्यता छ ।  जहदाबाट बाटैबाटो कटहरी वा विराटनगरतर्फ जानुपर्ने भए रामचोकहुंदै कयौं किलोमिटर घुम्नुपर्ने अवस्था रहेका कारण छिटो बाटोकोरुपमा सर्वसाधारणले यो पुल प्रयोग गर्ने गरेका छन । कटहरी गांउपालिकाको वडानम्बर ४ र जहदाको समेत वडानम्बर ४ मा पर्ने यो चचरी पुल स्थानिय किसानहरुकालागि समेत महत्वपुर्ण छ । दुई गांउपालिकाका ती वडाहरु तरकारीको पकेट क्षेत्रभित्र रहेका कारण यहाँ उल्लेख्य परिमाणमा तरकारी खेती हुने गरेको छ । उत्पादित तरकारीहरु विराटनगर तथा कटहरी बजारसम्म लैजान छिटो बाटोकोरुपमा किसानहरुले यो पुल प्रयोग गर्दै आएका थिए ।
पानीको सतह कम भएको अवस्थामा स्थानियले खोला तरेर वारपार गर्दै आएपनि पछिल्लो समय खोला प्रदुषित भएका कारण थप जोखिम निम्तिएको स्थानियले जानकारी दिएका छन । कटहरी गांउपालिकामा रहेको कयौं उद्योगहरुले बिसर्जन हुने हानिकारक केमिकलयुक्त पानी सिधै खोलामा मिसाउदै आएकाले एक दुइपटक खोला तर्दैमा घाउखटिरा सहित छाला पोल्ने समस्या निम्तिने गरेको स्थानियले बताएका छन ।
आर्थिक विकासलाई तीब्रता दिन पुलपुलेसा र सडकहरु पहिलो आवश्यकता भित्र पर्दछ । जहदा र कटहरीको मध्यभागमा पर्ने यस ठांउमा स्थायी पुल निर्माण आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *