Saturday, January 18, 2025
Home > मुख्य समाचार > बलात्कारको आरोप लागेका जगतगुरु कृष्णदासलाई पक्राउ गर्न अदालतको अनुमति

बलात्कारको आरोप लागेका जगतगुरु कृष्णदासलाई पक्राउ गर्न अदालतको अनुमति

बलात्कारको आरोप लागेका जगतगुरु डा. कृष्णदासलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

बलात्कारको आरोप लागेका श्रीराम तारक ब्रह्म पिठ चतराका संरक्षक तथा जगतगुरुको उपाधी प्राप्त डा. कृष्णदासजी महाराज रामानन्दाचार्यलाई पक्राउ गर्न प्रहरीलाई सुनसरी जिल्ला अदालतले अनुमति दिएको हो । कृष्णदास गिरी उपर जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिनुपर्र्ने कारण देखाउँदै प्रहरी पक्राउ पुर्जीको अनुमति लिन अदालत पुगेको थियो । सुनसरी प्रहरीले अदालतबाट अनुमति पाएसँगै कृष्णदासलाई अनुसन्धानका लागि पक्राउ गर्न कानुनी बाटो खुलेको बताएको छ । प्रहरीले कृष्णदासलाई पक्राउका लागि अदालतबाट आज अनुमति लिएको भए पनि त्यसअघि नै उनी पक्राउको विषय प्रहरी स्रोतलाई हवाला दिँदै बाहिरिए थियो । यद्यपी सुनसरी प्रहरीले कृष्णदास पक्राउको हल्ला भने निराधार भएको बताएको छ । सुनसरी प्रहरी प्रमुुख यज्ञबिनोद पोखरेलले कृष्णदास पक्राउ परिसकेको भन्ने विषय निराधार भएको बताउनुभयो । उहाँले अदालतबाट अनुमति पाएसँगै कृष्णदासको खोजी तिव्र पारिएको बताउनुभयो । प्रहरीले दिएको जानकारी अनुसार कृष्णदास आश्रममा भने हुनुहुन्न । उहाँको खोजिका लागि टोली परिचालन गरिएको छ । अनुयायी बलात्कारको आरोप लागेका कृष्णदास हाइप्रोफाइल व्यक्तिका रुपमा चिनिनुहुन्छ । चतरामा सम्पन्न श्रीराम तारक ब्रह्म महायज्ञको पूर्णाहुतीसँगै सिद्धबाबा कृष्णदासलाई जगतगुरु रामानन्दाचार्य पदवीबाट विभूषित गरिएको थियो । सिद्धबाबा कृष्णदासलाई महायज्ञमा उपस्थित चतुः सम्प्रदायका जगतगुरु सहितका शिर्षस्थ व्यक्तिहरुले उक्त पदवी प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *