Saturday, January 18, 2025
Home > खेलकुद समाचार > बदला सहितको उपाधीको अपेक्षा

बदला सहितको उपाधीको अपेक्षा

किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले आज उपाधि भिडन्तमा उज्बेकिस्तानसँग खेल्नेछ ।
किर्गिस्तानको काराकोल मैदानमा हुने खेल नेपाली समयअनुसार पौने चार बजेदेखि सुरु हुनेछ । पहिलो पटक मध्यपूर्वमा फुटबल प्रतियोगिता खेल्न गएको नेपाली महिला टिम फाइनलमै पुगेको हो । राम्रो अनुभव हुने अपेक्षा गरेका प्रशिक्षक हरि खड्काले जानुअघि यो प्रतियोगिताको उपाधि जित्नेभन्दा पनि राम्रो अनुभवका लागि यो प्रतियोगितामा भाग लिएको बताएका थिए । तर नेपाली महिला फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भयो । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग आठ–दुईको जित निकालेको थियो भने दोस्रो खेलमा उज्बेकिस्तानसँग नै दुई–शून्यले पराजित भएको थियो । समूहको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई एक–शून्यले हराएको थियो । नेपालले तीन खेलमा ६ अंक बनाउँदै फाइनलमा पुगेको हो भने उज्बेकिस्तानले नौ अंक बनाएको थियो । दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा रहेको नेपाली महिला टिमले यदि यो उपाधि जितेमा इतिहास बनाउनेछ । नेपाली महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *