Saturday, January 18, 2025
Home > मुख्य समाचार > बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताहरुको असन्तुष्टी

बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताहरुको असन्तुष्टी

काठमाडौं । हालै सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताहरुले असन्तुष्टी जनाएका छन् ।

सत्तारुढ दलका नेता हरिबोल गजुरेलले आज राधनीमा आयोजित एक कार्यक्रममा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले विगतको भन्दा राम्रो बजेट आएपनि किसान र शहीद परिवारलाई बजेटले सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नारायण खड्काले युवा परिचालन, कर्मचारीको तलब वृद्धि लगायत सामाजिक सुरक्षाको दायित्वलाई बहन गर्न सक्ने गरि राजश्वका आधारहरु श्रृजना हुन नसकेको टिप्पणी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले बजेटले सन्तुलन गुमाएको बताउनुभयो । आर्थिक संकटलाई नियन्त्रण गर्ने सरकारको राजनीतिक प्रतिवद्धता, हिम्मत, नैतिकता र क्षमता बजेटमा नदेखिएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले बजेटमा सामाजिक सुरक्षा र सांसद विकास कोष लगायत प्रचारमुखी कार्यक्रमको दायित्व वहन गर्ने राजश्वको क्षमता वृद्धिको आधार कमजोर रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *