Saturday, January 18, 2025
Home > आर्थिक समाचार > बजार अनुगमन प्रभावकारी नभएको बारे संसदीय समितिमा चर्चा

बजार अनुगमन प्रभावकारी नभएको बारे संसदीय समितिमा चर्चा

उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मूल्यवृद्धि अत्याधिक भएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको बताएका हुन् । उनीहरुले बजार महँगो हुनुका साथै गुणस्तरहिन वस्तु आउँदा समेत अनुगमन हुन नसकेको बताएका छन् । अत्यावश्यक वस्तुहरु दुध, तरकारी, पानी, तेल, औषधी लगायतका वस्तुको गुणस्तर र मूल्यमा अनुगमन आवस्यक रहेको उनीहरुको भनाई छ । बैठकमा उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा उपभोक्ताकर्मीहरुसँग पहिलो चरणको छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमिति संयोजक नरबहादुर धामीले बताउनुभयो । उपसमितिले दुध, पानी, दाल, चामल, तेल, औषधी लागयतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतमा अनुगमन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन बुझाउनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *