बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा आज भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अपराजित बंगलादेशले ३ खेलमा ६ अंक जोड्यो । नेपालले भने ३ खेलमा २ अंक जोड्यो । नेपालको सेमिफाइनल समीकरण भारत र हङकङबीचको खेलले तय हुनेछ । भारतलाई हङकङले पराजित गरे नेपालको सेमिफाइनल सम्भावना रहन्छ ।