Saturday, January 18, 2025
Home > मुख्य समाचार > फोब्र्सको घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा

फोब्र्सको घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा

चर्चित मिडिया कम्पनी फोब्र्सले आगामी वर्ष सन् २०२० मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको छ ।

फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ । फोब्र्सको यो सूचीमा नेपालपछि दक्षिण अमेरिकी मुलुक इक्वेडर छ । त्यसपछि क्रमशः न्युजिल्यान्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्यान्ड, केन्या परेका छन् । सूचीमा पहिलो स्थानमा रहेको नेपाललाई विश्वकै चर्चित ‘एडभेन्चर’ गन्तव्य सगरमाथा भएको देशमात्र होइन, अत्यन्त ‘लक्जरी’ रिसोर्टसमेत भएको स्थानका रूपमा फोब्र्सले चिनाएको छ । त्यस्तै चितवन र बर्दियाको सफारी क्याम्पजस्ता अद्भुत अनुभव नेपालमा लिनसक्ने जनाइएको छ । न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने फोब्र्सले उल्लेख गरेको छ । विश्वमा योगध्यान प्रचलनमा आउनुभन्दा अघि नै नेपालबाट यसको सुरुआत भएको फोब्र्सले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *