Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्छ : उपराष्ट्रपति

फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले आज काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचान सहित मर्यादा र आत्म सम्मानपुर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका मानिसहरुको मानव अधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरीपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरुको जन्म हुने बताउनुभयो । पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिसहरु फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *