Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्राकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको मन्त्री ज्ञवालीको भनाइ

प्राकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको मन्त्री ज्ञवालीको भनाइ

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको बताउनुभएको छ ।

‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा शुक्रबार जाइकाले गरेको अन्तराष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभएको हो । उहाँले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताउनुभयो । दक्षिण एसिया भौगोलिक तथा हावापानीको दृष्टिकोणले उच्च प्रकृतिक प्रकोप हुने क्षेत्र भएकाले जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहस आवस्यक रहेको उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले त्यसका लागि नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जापान सरकार, जाइका तथा अन्य अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको कारण नेपालले पुनःनिर्माणको कामलाई गति दिन सकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *