Thursday, March 06, 2025
Home > मुख्य समाचार > ‘प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प छैन’

‘प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प छैन’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

मन्त्री भट्टराईले त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको चापलाई व्यवस्थापन गर्न पनि प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थललाई छिट्टै निर्माण गर्ने दृष्टिकोणका साथ सरकारले काम गरिरहेको पनि स्पष्ट पार्नु भयो । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको हवाई उडानको चापलाई ध्यानमा राखेर प्रस्तावित सो विमानस्थलको कामलाई अघि बढाउन सबै राजनीतिक दलहरुको सहमति रहेको पनि बताउनु भयो ।  नेपालमा हाल ३४ वटा विमानस्थल चालू अवस्थामा रहेका छन । यसैबीच सरकारले भिआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण रुपमा पालना गर्न सचेत गराएको छ । मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद, मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *