Saturday, January 18, 2025
Home > Uncategorized > प्रमुख सचेतक खाँडद्धारा बजेटलाई कागजको घोडाको संज्ञा

प्रमुख सचेतक खाँडद्धारा बजेटलाई कागजको घोडाको संज्ञा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उहाँले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गर्नुभएको हो । पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उहाँले गर्नुभयो । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले समाजवाद हुदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुदै पूँजीवाद उन्मुख भएको दाबी गर्नुभयो । कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले पुर्ववर्ती सरकारले स्पाईनल कर्ड इन्जुरी, मुटु, मिगौला, क्यान्सर रोगका विरामीलाई र्निवाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *