Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी

प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी

प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्दै भिडियो कन्फ्रेन्स मार्फतबाट प्रमाणहरु संकलन गर्न सकिने व्यवस्था गरिने भएको छ ।

घटनाका कुनै साक्षी अदालतमा सहभागि हुन नसक्ने अवस्थामा भिडियो कन्फ्रेन्स मार्फत पेश गर्ने प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी गरिएको हो । समय सुहाउँदो प्रविधिलाई समेटेर ऐन संशोधन गरिने संसदको कानुन न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो । दशी प्रमाणहरु के हुन भन्ने विषयमा स्पष्ट गर्नुपर्ने भएकाले ऐन संशोधन गर्न लागिएको उहाँले बताउनुभयो । पति पत्नीले आपसी सहमतिमा कृत्रिम गर्भाधारण गर्न सकिने अवस्थामा पछि पतिले आफ्नो बच्चा नभएको र पत्नीले पनि आफ्नो बच्च होइन भन्ने अवस्था आउन नदिन पनि ऐन संशोधन गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रमाण ऐन २०३१ लाई २०७५ भदौ १ गतेबाट लागू भएका मुलुकी अपराध संहिता तथा मुलुकी देवानी संहिताहरुले गरेका व्यवस्थाहरुसँग एकरुपता गर्ने उद्देश्यले संशोधन गर्न विधेयक ल्याइएको हो । राष्ट्रियसभाबाट परिमार्जनसहित पारित भएको विधेयक प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा छलफलका क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *