Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रधानमन्त्री र आफूबीच मत भिन्नता नरहेको दाहालको दाबी

प्रधानमन्त्री र आफूबीच मत भिन्नता नरहेको दाहालको दाबी

पाँचथर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया टुंग्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच मत भिन्नता नरहेको दाबी गर्नुभएको छ ।

पाँचथरको फिदिममा आयोजित कार्यकर्ता प्रशिक्षणमा दाहालले माथिदेखि तलसम्म पार्टीको एकता प्रकृया टुंग्याउँदै अगाडी बढ्ने सन्दर्भमा ढिलाई भइरहेको स्विकार्दै त्यसमा दुई अध्यक्ष बीचको मत भिन्नता कारक नरहेको बताउनुभएको हो । पार्टी एकीकरणका क्रममा भएका सहमति सबैले अक्षरशः पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी एकताका सन्दर्भमा रहेका दुविधा सबै पक्षले अक्षरश पालना गर्न सम्वाद भइरहेको तथा नमिलेका विषय महाधिवेशनसम्म पुग्दा आफैं मिल्ने उहाँको भनाई थियो ।  दाहालले दुई अध्यक्ष विचको सम्वन्धका विषयमा बेलाबखत मिडियाले खोतलिदिएको उल्लेख गर्नुभयो । त्यसलगत्तै एकता प्रकृयाका सन्दर्भमा नमिलेका विषयमा हिजो मात्रै आफू, प्रधानमन्त्री र संसदीय उपनेताबीच छलफल भएको बताउनुभयो । केन्द्र र प्रदेश हुँदै जिल्ला तहसम्म पार्टि एकता भइसके पनि प्राविधिक रुपमा केही समस्याहरु रहेको उहाँको भनाइ थियो । कार्यकर्ता माझ भावनात्मक एकताको सन्देश दिन भन्दै नेकपाको जिल्ला कमिटीले पाँचथरमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जिल्ला अध्यक्ष राजकुमार भण्डारीको बताउनुभयोे । कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ सहभागि हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *