Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीको सपथग्रहण समारोहमा सहभागी हुने

प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीको सपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुनुहुने औपचारिक जानकारी दिनु भएको हो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको औंपचारिक नियन्त्रणा आएपछि उहाँको सपथग्रहण समारोहका सहभागी हुन भारत जान लाग्नु भएको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओली आगामी जेठ १६ गते बिहीबार दिउँसो भारत प्रस्थान गर्नु हुनेछ । सोही दिन साँझ हुने भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोलिपल्ट (शुक्रबार)प्रधानमन्त्री मोदीसँग सामान्य भेटवार्ता गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्कनु हुने कार्यक्रम तय गरिएको पनि भट्टराईले बताउनु भयो ।

भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु पनि सहभागी हुनुहुनेछ । यसैबीच, भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमन नेपालको लागि हितकर हुने दावी गर्नु भएको छ । पूर्व राजदुत सिंहले भारतीय प्रधानमन्त्री मोदीकै कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध राजनीतिक स्तरमा विकास हुन पुगेको पनि स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *