Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

पेट दुखेपछि बिहान परीक्षणका काठमाडौ स्थित शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागे लगत्तै चिकित्सकले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँको उपचारमा प्रा.डा. अरुण सायमी, प्रा.डा. रमेश सिंह भण्डारी, डा. दिव्या सिंह लगायत संलग्न छन् । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीको सघन उपचार कक्षमा थप उपचार भइरहेको र चिकित्सकहरुको निगरानीमा रहनु भएको बताउनुभयो । शल्यक्रियापछि प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नुपर्ने छ । प्रधानमन्त्री ओली मिर्गाैलाको समेत उपचार गराईरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *