Thursday, November 21, 2024
Home > मुख्य समाचार > प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई कांग्रेसको आग्रह

प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई कांग्रेसको आग्रह

काठमाडौं, २४ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको वक्तव्यप्रति सांसदहरुले प्रश्न गर्न पाउने अधिकारबाट सभामुख महराले बञ्चित गराएको निष्कर्ष निकाल्दै भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरेको हो । संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनु भयो । संसद सदस्यहरुको अधिकारलाई सुनिश्चित गर्न पनि सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गर्नुपर्ने कांग्रेसको भनाई छ । कांग्रेस संसदीय दलले सभामुख महरालाई सदनको गरिमा बचाउन र साझा व्यक्तिको रुपमा भूमिका निर्वाह गर्न पनि ध्यानाकर्षण गराएको छ ।

बैठकले सरकारले ल्याउने विधेयकमा कडा निगरानी राख्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । कांगे्रस संसदीय दलको बैठकमा पार्टीको तर्फबाट सरकारको काम कार्वाहीलाई निगरानी राख्न विज्ञहरुसहितको विभिन्न समिति बनाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *