Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रदेश २ मा सुरक्षा गोष्ठि

प्रदेश २ मा सुरक्षा गोष्ठि

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनसंगै तीन वटै तहको समन्वय र सहकार्यमा सुरक्षाकर्मीको सक्रियता बढेमा अपराधमा न्यूनिकरण हुने दावी गर्नुभएको छ।

आज जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ को ८ वटै जिल्ला भारतसंगको सिमाक्षेत्रसंग जोडिएको र खुला रहेकाले मुलुकमै विगतमा बढी अपराधिक घटना घटेको दावी गरेपनि शान्ति सुरक्षामा चुनौती कायमै रहेको बताउनुभयो ।उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह वीच शान्ति सुरक्षालाई स्थायित्वका लागि समन्वय र सहकार्यको वातावरण आवश्यकता रहेको औल्याउनुभयो । उहाँले मुलुकको शान्ति सुरक्षा नै पहिलो दायित्व रहेको भन्दै यसका लागि आ–आफ्नो स्तरबाट सबै जना लाग्नुपर्ने अवस्था रहेको बताउनुभयो । गृह मन्त्रालय र प्रदेश २ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरमा दुई दिनदेखि प्रदेश स्तरीय सुरक्षा गोष्ठी जारी रहेको छ । प्रदेशमा दिनानुदिन बढदै गएका आपराधिक घटनालाई न्यूनिकरण गर्ने उदेश्यकासाथ सुरक्षा गोष्ठी आयोजन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *