Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश १ मा १ सय २४ वटा पुुलको निर्माण कार्य शुुरु

प्रदेश १ मा १ सय २४ वटा पुुलको निर्माण कार्य शुुरु

विराटनगर । भौतिक पूर्वाधार निमार्णलाई प्राथमिकतामा राखेको प्रदेश १ सरकारले प्रदेश मा १ सय २४ वटा पुुलको निर्माण शुुरु गरेको छ । बहुबर्षिय र आवधिक योजना अन्र्तगत पुल निर्माण कार्य शुरु भएको हो ।

लामो समयदेखि पुुल बन्न नसकेका खोलाहरुमा प्रदेश सरकारको भौतिक पुुर्वाधार विकास मन्त्रालयले मोटर रेवल पुुल वनाउन शुुरु गरेको हो । निर्माण शुरु भएको पुुलको लम्वाई २५ मिटरदेखि २ सय मिटर सम्मका रहेका छन । बन्न लागेका पुुल ५ करोडदेखि ४० करोड रुपैयाँ लागत सम्मका रहेको रहेको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ । त्यसमध्ये २४ वटापुुल केन्द्र सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको र वांकी पुुल प्रदेश सरकारले छनौट गरेका हुन । निमार्ण शुरु भएका पुल मध्ये १० वटा भने आर्थिक वर्ष २०७५÷७६ मा सम्पन्न भएका छन । आवश्यकता हेरेर पहाडी तथा तराईकागरि १४ वटै जिल्लामा पुुल निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । भौतिक पुुर्वाधार तथा विकास मन्त्रालय अन्तर्गत सडक तथा यातायात व्यवस्था महाशाखा प्रमुुख रेवतीरमण पराजुुलीले ४० वटा पुुलको गत आर्थिकवर्षमा नै ठेक्का लागे काम सुरु भई सकेको जानकारी दिनुभयो ।

आवधिक पुलहरु तय गरिएको समयमा र बहुबर्षिय ठेक्का अन्र्तगत निर्माण हुुने सवै पुुल आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको उहांले जानकारी दिनुभयो । यसैगरि सो मन्त्रालयले प्रदेशमा १ सय १८ वटा झुुलुुंगे पुुलको निर्माण कार्यलाई समेत अघि वढाएको छ । जसमध्ये ९ वटा पुल गतआर्थिक वर्षमा नै सम्पन्न भइसकेका छन । पहाडी तथा तराईका खोलामा २ सय मिटरसम्म लामो झोलुंगे पुल निर्माण भइरहेको जनाइएको छ ।  सबै झुुलुुंगे पुुल अबको एकवर्ष भित्रमा सम्पन्न हुुने बताइएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशमा संचालित आयोजना तथा पूर्वाधारहरु जेठ १५ गते भित्रै सम्पन्न गर्ने गरी कार्य गर्न यसअघि नै कर्मचारीहरुलाई निर्देशन दिइसक्नु भएको छ । उहांले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र पूर्वाधार निर्माणमा कुनै बहाना र समस्या देखाउने छुट कसैलाई नभएको समेत प्रष्ट पारिसक्नु भएको छ ।

प्रदेशका भौतिक पूर्वाधारका आयोजना समयमा सम्पन्नगर्न प्रदेश सरकारले आफ्नै क्यालेण्डर र कार्यतालिका समेत बनाउन लागेको मुख्यमन्त्री राईले बताउनु भएको छ । मकालु समाचारकालागि नवीन कर्णको रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *