Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा

प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा भएको छ । प्रदेशसभामा आज भएको मतदानपछि विराटनगर राजधानी हुने टुंगो लागेको हो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले राखेको प्रस्तावमा दुईतिहाइ मत विराटनगरको पक्षमा खसेको थियो ।

प्रदेश १ को स्थायी राजधानी विराटनगर भएको छ । प्रदेशसभामा रहेका जम्मा ९३ सांसद मध्ये ८६ मत विराटनगर राजधानी बनाउने पक्षमा परेको छ भने विपक्षमा शुन्य मत परेको छ । बैठकमा ६ जना सांसद भने अनुपस्थित थिए । प्रदेशको नाम भने टुंगो लागेको छैन । विराट बृहत क्षेत्रको विराटनगर, इटहरी र सुन्दर हरैँचामा प्रदेश कार्यालय रहेनछन भन्ने प्रस्ताव दुई तिहाईले पारित भएको हो । नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पनि आफ्नो प्रस्ताव फिर्ता लिदै नेकपाको प्रस्तावलाई समर्थन गरेको छ ।

यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए । प्रदेशसभा सदस्यहरु कांग्रेसकी ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधरी, नेकपाका गणेश काङमाङ , संघीय समाजवादी फोरमका रामचन्द्र लिम्बु र राधा थापा अनुपस्थित थिए । नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने बेहोरोसहितको प्रस्ताव दर्ता गरेको थियो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव दर्ता गराउनु भएको थियो । यसको समर्थकमा लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास रहनु भएको थियो । नेकपाले प्रदेश संरचना छर्ने गरी राजधानी दर्ता गराएको भन्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनुपर्ने प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्तावमा संघीय समाजवादी फोरमका जयराम यादव र कांग्रेसका शिवनारायण गन्गाईले समर्थन गर्नुभएको थियो । धनकुटा राजधानी प्रस्ताव गर्दै कांग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा कांग्रेसका प्रकाशप्रताप हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक थिए । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक थिए । सबै प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा फिर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *