Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश १ को राजधानी विराटनगर राख्ने नेकपा हाइकमाण्डको निर्णय

प्रदेश १ को राजधानी विराटनगर राख्ने नेकपा हाइकमाण्डको निर्णय

विराटनगर । विराटनगरमा अस्तिदेखि जारी नेकपाको बैठक सम्पन्न भएको छ ।

नेकपा हाइकमाण्डको बैठकले राजधानी विराटनगर राख्ने तय गरेको छ । नाम भने अर्को अधिवेशनले टुङ्गो लगाउने सहमति जुटेको बताइएको छ । बैठकपछि नेताहरूले लिखित रूपमा सहमतिपत्र तयार पार्दैछन् । जसमा राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहनेछ । राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ । तीन दिनदेखि प्रदेश एक संसदमा सहभागी दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा दलले अन्तिम निर्णय लिएको हो । नामका बारेमा भने पुनः विस्तृत छलफल गरेर सबैलाई मान्य हुने निर्णय आउने बताइएको छ । नेकपा संसदीय दलको बैठक भने आइतबार १ बजेलाई बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *