Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश सरकारविरुद्ध विराटनगरमा प्रदर्शन

प्रदेश सरकारविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर, ३० पुष । सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पब्लिक फोरमको अगुवाईमा आज विराटनगरमा विरोध प्रदर्शन गरिएको छ ।

प्रदेश सरकार गठन भएको १० महिना वितिसक्दा पनि जनताले महसुस गर्ने गरी काम नभएको, प्रदेशको नामाकरणसहित स्थायी राजधानी तोक्न नसकेको भन्दै विराटनगरको ट्राफिक चौकमा १ घण्टा प्रदर्र्शन गरिएको हो । प्रदेशका मन्त्रीहरु १० महिनादेखि तलब खाएर बसेको, विभिन्न क्षेत्रमा भ्रष्टाचार मौलाएको, महँगी बढेको, स्वास्थ्य र शिक्षामा माफियाकरण बढेकाले प्रदेश सरकारको ध्यानाकर्षण गर्न र स्थानीयलाई सुसुचित गर्न कार्यक्रमको आयोजना गरिएको पब्लीक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले तलब, भत्ता र सुविधा केका लागि, जनताले सुशासनको प्रत्याभूत कहिले गर्ने, स्वास्थ्य शिक्षामा माफियाकरण कहिलेसम्म, १० महिनाको उपलब्धी के लगायतका पोष्टर बोकेर धर्ना दिएका थिए । धर्ना कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रममा जानकारी दिइएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *