Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रदेश नम्वर १ मा युवा प्रवद्र्धन एवम् रोजगार कार्यक्रमको परियोजना सुरु

प्रदेश नम्वर १ मा युवा प्रवद्र्धन एवम् रोजगार कार्यक्रमको परियोजना सुरु

उर्लाबारी । राष्ट्रिय युवा परिषदको अवधारणाअनुरुप प्रदेश नम्वर १ मा युवा नवप्रवर्तक केन्द्र स्थापना गरेर युवा प्रवद्र्धन एवम् रोजगार कार्यक्रमको परियोजना सुरु गरिएको छ ।

आज मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले नविनतम सोच लिएका युवालाई आवश्यक परामर्श तथा प्राविधिक एवम् व्यवसायिक तालिम प्रदान गरी उद्यमशील बनाउने उद्देश्यले कार्यक्रम थालिने बताउनुभयो ।  जसअन्तर्गत, मन्त्री घिमिरेसहितको रोहबरमा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगानाका साथै प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयाँल र मदन भण्डारी स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालबीच २५ वर्षे त्रिपक्षीय सम्झौता गरिएको छ । अब चाँडै नै युवा नवप्रवर्तक केन्द्रको निर्देशिका तयार गरेर मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यालयमै कार्यालय रहनेगरी कार्यक्रम अघि बढाइने बताइएको छ । कार्यक्रममा, परिषद्का केन्द्रीय उपाध्यक्ष विनोद ढुंगेल, प्रतिष्ठानका अध्यक्ष गुरु बराल, आइडिया स्टुडियो नेपालका डा. छिरिङले नवप्रवर्तक केन्द्रको अवधारणाका बारेमा जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *