Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश नम्बर १ मा ‘म अघि बढ्छु’ कार्यक्रमको सुभारम्भ

प्रदेश नम्बर १ मा ‘म अघि बढ्छु’ कार्यक्रमको सुभारम्भ

विराटनगर । प्रदेश नम्बर १ मा म अघि बढ्छु कार्यक्रमको सुभारम्भ भएको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विद्यार्थीहरुलाई म अघि बढ्छु कार्यक्रमको लोगो लगाएदिएर कार्यक्रम सुभारम्भ गर्नुभएको हो ।

युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले ’म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ गरेको छ । विसंगती, विकृतिका विरुद्ध समाजलाई सही दिशानिर्देश गर्न कार्यक्रम अगाडि बढाइएको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार प्रदेशभरीका २ हजार विद्यालमा सगरमाथा टिन्स क्लब गठन गर्ने उद्देश्यले म अघि बढ्छु कार्यक्रमको सुरुवात गरेको हो । किशोर–किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिएको छ । पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमबाट प्रदेश १ का करिब २ हजार विद्यालयका २ लाख विद्यार्थी लाभान्वित हुने दाबी गर्दैै कार्यक्रमले किशोर किशोरीलाई कुलतमुक्त राख्न सहयोग पुग्ने बताउनुभएको थियो । प्रदेश सरकारले हालसम्म सामुदायिक तथा संस्थागत गरी १ सय ४० भन्दा बढी विद्यालयमा क्लब गठन गरिसकेको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लगायतले कार्यक्रमले किशोरकिशोरीलाई मात्र नभएर समग्र समाजलाई नै सकारात्मक दिशामा डो¥याउन सफल हुने बताउनुभयो ।

मन्त्रालयले चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम प्रदेशका सबै विद्यालयमा हप्ताको १ दिन १ पिरियड नैतिक शिक्षासम्बन्धी कक्षा सञ्चालन हुनेछ भने प्रदेश सरकारले प्रतिविद्यालयलाई वार्षिक ५ हजार रुपैयाँको दरले सिड मनि दिनेछ । यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भए प्रदेशमा हिंसा, हत्या र आतंकका घटनामा कमि आउने प्रदेश सरकारले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *