Saturday, November 23, 2024
Home > खेलकुद समाचार > प्रदेशस्तरीय उपराष्ट्रपति कप तेक्वान्दो प्रतियोगितामा विवाद

प्रदेशस्तरीय उपराष्ट्रपति कप तेक्वान्दो प्रतियोगितामा विवाद

विराटनगर । विराटनगरमा आयोजित प्रदेशस्तरीय उपराष्ट्रपति कप तेक्वान्दो प्रतियोगितामा विवाद भएको छ ।

प्रदेश एक खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आफूहरुलाई निर्णायकका रुपमा सहभागि नगराई बाइपास गरेको भन्दै राष्ट्रिय तेक्वान्दो संघ आबद्ध निर्णायकहरुले विरोध जनाएपछि विवाद भएको हो । उनीहरुले प्रतियोगितामा नेपाल तेक्वान्दो संघलाई मात्र सहभागी गराई आफूहरुलाई बाइपास गरेको आरोप लगाएका छन् । प्रतियोगिता आयोजनास्थल सहिद रंगशालास्थित नेपाल कर्मचारी मिलन केन्द्रको सभाहलमा पुगेका राष्ट्रिय तेक्वान्दो संघका प्रशिक्षकहरुले प्रतियोगिता भइरहेको स्थानमा कालोझण्डा प्रर्दशन गरेका थिए । कालोझण्डा प्रदर्शन गरेलगत्तै नेपाल तेक्वान्दो संघले हस्तक्षेप गरेपछि विवाद हात हालाहालसम्म पुगेको थियो । नेपाल तेक्वान्दो संघका पदाधिकारीले बिरोध गर्ने भए खेलकुद विकास समितिको कार्यालयमा गर्नुपर्ने तर खेल बिथोल्न नहुने भन्दै प्रतिवाद गरेका थिए । विवाद भएको दुवै संघ राष्ट्रिय खेलकुद परिषदबाट मान्यताप्राप्त संस्था भएको जनाइएको छ । यसैबीच, सो विषयमा प्रतिक्रिया दिनुहुंदै क्षेत्रीय खेलकुद विकास समितिका प्रदेश अध्यक्ष रविन नगरकोटीले निर्णायकको बिषयमा दुवै संघबीच सामान्य विवाद भएको तर पछि दुवै पक्षबीच सहमति भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *