Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने सरकारको भनाइ

प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने सरकारको भनाइ

काठमाडौं । सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा शुसासन समितिको आजको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो व्यवस्था प्रहरीमा गर्न नसकिने बताउनुभएको हो । समायोजनमा लग्दा प्रदेश र संघ प्रहरीबीच विभेद आउने अवस्था देखिएपनि बढुवा गर्दा दायित्व बढ्ने र त्यसमा अर्थमन्त्रालयको सहमति प्राप्त नभएकाले बढुवाको संभावना नभएको स्पष्ट पार्नुभयो ।  उहाँले काजमा खटाउदा केन्द्रबाट जतिबेला पनि तान्ने परिपाटीका कारण स्थिरता नहुने भएकाले डिएसपी देखि तलका पदहरु समायोजन र त्यो भन्दा माथिका पदहरु प्रदेशकै दरबन्दी भए पनि संघबाट खटाउने व्यवस्था मिलाईएको बताउनुभयो । कानून न्याय तथा संसदीय मन्त्रालयका सह सचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिंगो प्रारुप गठन गर्न संभव नभएको तर्क गर्नुभयो । प्रदेश प्रहरी संगठन बनाएर समायोजन गर्न सकिने भएपनि प्रदेश प्रहरी ऐन नबनेसम्म समस्या देखिने उहाँले बताउनुभयो ।

समितिले कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि गृह, कानुन र नेपाल प्रहरीका अधिकारीसंग छलफल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *