काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मंचबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मैले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती शाक्यलाई आग्रह गर्नु भएको हो । प्रधानमन्त्री ओलीले महिलाको उत्थानविना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्विकार गरिएपनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको पनि स्मरण गराउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताउनु ‘प्रथम राष्ट्रिय महिला दिवस’भयो ।