Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पूर्व राष्ट्रपति डा.रामवरण यादवद्धारा चिन्ता व्यक्त

पूर्व राष्ट्रपति डा.रामवरण यादवद्धारा चिन्ता व्यक्त

काठमाडौं, २८ पुष । पूर्व राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्र प्राप्ति पछि पनि मुलुकको अवस्था परिर्वतन नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

काठमाडौमा आज एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा अपेक्षाकृत सुधार आउन नसक्दा आफु दुखी बनेको बताउनुभयो । भ्रष्ट्राचार, वेरोजगारी, महिला हिंसा लगायतका घटनामा कमि आउन नसकेको तथा मुलुकभर विकासको नाममा विनास हुने काम भईरहेको भन्दै उहाँले त्यस तर्फ सरकार र सरकारमा सहभागी जनप्रतिनिधिहरु गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । तीनै तहको निर्वाचन भई सरकारहरु बनेकाले संविधान कार्यान्वय भईसकेको तथा दुई तिहाईको स्थिर सरकार बनेकाले लोकतन्त्रमाथि खतरा भने नरहेको उहाँले उल्लेख गर्नुभयो । मुलुकभरका ८० प्रतिशत सार्वजनिक विद्यालयको अवस्था अहिलेपनि उस्तै रहेको भन्दै उहाँले ती स्कुलको गुणस्तर वृद्धिलाई सबै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *