Friday, November 22, 2024
Home > आर्थिक समाचार > पूर्वाधारको अभावका कारण भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्नेमा पर्यटन व्यवसायीहरु चिन्तित

पूर्वाधारको अभावका कारण भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्नेमा पर्यटन व्यवसायीहरु चिन्तित

इटहरी । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । तर पुर्वधारको अभाव, सरसफाई, पर्यटकीय क्षेत्रको प्रचार प्रसार र विकास पूर्वाधारको अभावका कारण भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्नेमा पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन् ।

सरकारले भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटकको अपेक्षा गरेको भए पनि केहि सिमित स्थानमा मात्र पर्यटकलाई लक्षित गरेकाले पर्यटकको आकर्षण कम भएको पर्यटन व्यवसायीहरुले बताएका छन । नेपाल भरका सबै पर्यटकीय क्षेत्रको राम्रोसंग प्रचार प्रसारमा ध्यान नदिदा पर्यटन व्यवसायी अन्योलमा परेको इटहरी होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले बताउनुभयो । प्रदेश एकमा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै होचो स्थान केचनाकलन तथा बिभिन्न भौगोलिक विविधताको रमणीय स्थान रहेपनि उचित प्रचार प्रसार गर्न नसकिएको ब्यवसायीको भनाई छ । स्थानीय स्तरमा पनि पर्यटकीयस्थल प्रशस्त रहेपनि प्रचार प्रसारको लागि आवश्यक बजेटको अभाव रहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयो । भ्रमण बर्षको रुपमा घोषणा गरेर मात्र पर्यटक भित्रयाउन नसकिने पर्यटन व्यवसायीहरु बताउछन । पर्यटन क्षेत्रको प्रचार प्रसारमा सरकारले कमजोरी गरेको पर्यटन व्यवसायी सुनिल भुसालले बताउनुभयो ।

भ्रमण वर्ष नजिकिदै गर्दा यसलाई सफल बनाउन सवै एकजुट हुन पनि पर्यटन ब्यवसायीहरुले सुझाव दिएका छन । विना तयारी भ्रमण वर्ष सफल नहुने भन्दै उनीहरुले पर्यटकका लागि आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *