Saturday, January 18, 2025
Home > मुख्य समाचार > पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ कलेजका विद्यार्थीको रिले अनसन सुरु

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ कलेजका विद्यार्थीको रिले अनसन सुरु

विराटनगर, १९ माघ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ कलेजका विद्यार्थी संघर्ष समितिले ५ बुँदै मागसहित रिले अनसन सुरु गरेका छन् ।

माघ बिहीबारदेखि क्याम्पसको प्रशासन शाखामा तालाबन्दी गरेर आन्दोलन सुरु गरेका विद्यार्थीहरुले आजबाट रिले अनसन सुरु गरेका हुन् । मागका विषयमा विद्यार्थी र क्याम्पस प्रमुख बीच कुनै पनि छलफल नभएको विद्यार्थी अगुवा विशाल धामीले बताउनुभयो । धामीले माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । कलेजले इन्जिनियरिङ शिक्षाका लागि चाहिने न्यूनतम आधारभूत पूर्वाधारहरु पूरा नगरिकन गैरजिमेवार तरिकाले सञ्चालन गरेको विद्यार्थीहरुले आरोप लागएका छन् । उनीहरुले ल्याबको व्यवस्था नभएसम्म परीक्षा फर्मको शुल्क मात्र तिरी फर्म भर्न पाउनुपर्ने, पठनपाठन नियमित हुनुपर्ने, पूर्वाधार तयार हुनुपर्ने, काउन्सिलमा दर्ता हुनु पर्नेलगायतका माग राखेका छन् । माग सम्बोधन गर्नका लागि कलेज प्रशासन, डिन कार्याल, परीक्षा नियन्त्रण कार्यालय, रजिष्ट्रारको कार्यालय र उपकुलपतिको कार्यालय समेतलाई हस्ताक्षरसहितको बोदार्थ बुझाइसकेको विद्यार्थी अगुवा वोकील भट्टराईले बताउनभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *